हेटौंड,असोज १३ । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् ।
असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् ।
संक्रमण पुष्टि भएसँगै आफू होम आइसोलेसनमा बसेको र स्वास्थ अवस्था सामान्य रहेको उनले जानकारी दिइन् ।
प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार