२०८१ चैत्र ६ गते बुधवार

मोरङमा होटल साहुले कुट्दा भारतीय ग्राहकको मृत्यु

विराटनगर,असोज १३ । होटल सञ्चालकको कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका(७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो ।

श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।

टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो ।

तर बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो । प्रहरी उपरीक्षक खड्काका अनुसार मल्लिकको उपचारका क्रममा सोमबारराति सिलिगुडीमै मृत्यु भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *