२०८३ असार ६ गते शनिवार

बाँकेमा मंगलवार कोरोनावाट दूई जनाको मृत्यु

दाङ, असोज १३ । बाँके जिल्लामा एकैदिन दूई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नं. १० निवासी ५३ बर्षीय पुरुषको मंगलवार विहान उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले एकजनाको विहान २ बजेतिर र अर्काको विहान ३ बजेतिर मृत्यु भएको भन्ने जानकारी अस्पताल प्रशासनले दिएको बताए ।

उनीहरुलाई, भेन्टिलेटर, प्लाज्मा थेरापी लगायतका उपचार विधिहरु अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको भन्ने जानकारी अस्पताल प्रशासनले दिएको छ प्रजिअ कुरुम्वाङले बताए । यो संगै जिल्लामा कोरोना संक्रमित १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *