२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो वार्षिक उत्सव

प्रतिष्ठानको चौतर्फी उननयनमा लाग्न मन्त्रीको सुझाव

खेमराज रिजाल,
घोराही, असोज १२ । आफुले नेतृत्व गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिक उत्सव मनाइ रहँदा उपकुलपति प्रा.डा. संगीता भण्डारी आइतवार औधि खुसी देखिन्थिन । सरकारले २०७४ शालमा स्थापना गरेको प्रतिष्ठानले खासमा तेस्रो वार्षिक उत्सव मनाउनु पर्ने हो । तर साविकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण हुन कम्तिमा एक बर्ष लाग्यो । त्यसैले एक बर्षसम्म अलमलमा थियो प्रतिष्ठान ।

अस्पताल हस्तान्तरण भए लगत्तै कर्मचारी समायोजनका वेला भएको कर्मचारी आन्दोलन, त्यसैमा नेकपाकै नेतृत्वहरुले उपकुलपति हटाउन थालेको सडक आन्दोलन लगायतका विभिन्न व्यवस्थापकीय समस्या यसले झेल्नु पर्‍यो ।

तैपनि खरो रुपमा प्रस्तुत हुंदै आएकी उपकुलपति भण्डारीको नेतृत्व विस्तारै सहज बन्दै गयो र दोस्रो बार्षिक उत्सवमा सरकारकै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन खोलेर प्रतिष्ठानलाई सहयोग गर्ने अभिब्यक्ति दिए ।

सहयोगका लागि संघीय सरकार तयार रहेको अभिव्यक्ति दिए । जस्ले उपकुलपति संगिता निकै खुसी मात्रै भएकी छैनिन् उनी उत्साहित पनि बनेकी छिन् ।

बार्षिक उत्सवका अवसरमा जुम मिटिङमा प्रमुख अतिथिको उद्घाटन मन्तव्यमा स्वास्थ्य मन्त्री ढकालले छोटो अवधिमा पनि धेरै काम गर्न प्रतिष्ठान सफल भएको चर्चा गर्दै उपकुलपति भण्डारीको प्रशंसा समेत गरे । मन्त्री ढकालले कोभिड—१९ को विश्वव्यापी संक्रमण व्यवस्थापन र स्वास्थ्य उपचार तथा पिसिआर परीक्षणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलेको भूमिकाको पनि उच्च प्रसंसा गरे ।

‘कोरोना भाइरसको संक्रमणका कारण भौतिक रुपमा उपस्थिति त हुन सकिन, तैपनि मैले जुम मार्फत बार्षिक उत्सवमा सहभागी जनाउने अवसर पाएकोमा प्रतिष्ठान नेतृत्वलाई विशेष धन्यवाद व्यक्त गर्छु,’ मन्त्री ढकालले भने ‘प्रष्ठिानका लागि जग्गा व्यवस्थापन, थप आवस्यक उपकरणको व्यावस्थापन लगायत शैक्षिक गतिविधि सन्चालनका लागि सरकार सधै प्रतिष्ठानसंग हातमा हात मिलाएर अघि बढ्ने छ।’

सरकारको हरेक प्रदेशमा एउटा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने नीतिसंगै पछिल्लो समयमा हरेक प्रतिष्ठानको माताहतमा ५ सय वेडको अस्पताल निर्माण गर्ने नीति पारित गरिसकेको उनले बताए ।

प्रतिष्ठानको चौतर्फी उननयनमा लाग्न पनि उनले प्रतिष्ठान नेतृत्वलाई आग्रह गरे । ‘सात वटा प्रतिष्ठान मध्ये महिलाले नेतृत्व गरेको एक मात्र प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो, आलोचनाको मैदानबाट खरो भएर उत्रनुहोला’, प्राध्यापक डा. भण्डारीलाई इंगित गर्दै मन्त्री ढकालले भने ।

थुप्रै चुनौतिकाबीच पनि दोस्रो बार्षिक उत्सव मनाइरहंदा प्रतिष्ठानका सवै चिकित्सक कर्मचारीहरुमा अहिले भावनात्मक एकता जागृत भएको छ ।

विरोध होइन, सकारात्मक आलोचना र सकारात्मक सुझाव प्रतिष्ठानले ग्रहण गर्न थालेको छ । यसबीचमा प्रतिष्ठानमा लाइभ सेभिङका लागि तथा सर्ट प्रियडका लागि आइसियु सेवा, विश्वस्वास्थ्य संगठनको स्टयाण्डरको प्रयोगशाला तथा विभिन्न विधामा विशेषज्ञ चिकित्सकीय सेवा र शल्यक्रिया सेवा समेत प्रदान गर्न थालेको छ ।

त्यस्तै अक्सिजन प्लान्टको जडान भएपछि नियमित रुपमा आइसियू सेवा र सादय दशै लगत्तै सिटिस्क्यान सेवा समेत सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान रहेको छ ।

त्यसो त उपकुलपति भण्डारीलाई खुसी हुनुपर्ने अरु आधारहरु पनि थिए । अव राजनीतिक इगो होइन, प्रतिष्ठानलाई कसरी माथि उठाएर उदेश्य प्राप्तीकालागि लैजाने भन्नेमा प्रदेश सरकारका सामाजिक विकाश मन्त्रीको अभिव्यक्तिले पनि आशाको सञ्चार गरेको छ ।

जुम मिटिङ मार्फत आयोजित वार्षिक उत्सव समारोहमा मन्त्री वरालले भनेका थिए, ‘प्रतिष्ठान संघको माताहतको भएपनि परेको अवस्थामा आवस्यक सहयोग गर्न प्रदेश सरकार तयार छ, दोस्रो बार्षिक उत्सवको शुभकामना ।’

संघ माताहतमा भएपनि प्रतिष्ठानलाई आफुहरुले प्रदेश सरकारको ठूलो पूजीको रुपमा लिएका उनले बताए । चांडै प्रतिष्ठानमा एकेडमिक कक्षा सन्चालनका लागि पनि सरकारको तर्फबाट पहल गर्ने उनले विश्वास दिलाए ।

कोभिड—१९ को संक्रमण व्यवस्थापन तथा पिसिआर परीक्षणमा प्रतिष्ठान टिमले निर्वाह गरेको अहम भुमिकालाइ पनि मन्त्री वरालले उच्च प्रशंसा गरेका थिए ।

त्यस्तै प्रतिष्ठानको जुम मिटिङमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि बार्षिक उत्सवको सुभकामना व्यक्त गरे । उनले स्थानीय प्रशासनले गर्नुपर्ने सवै काममा सहजीकरण गर्ने तथा जग्गा प्राप्तीका विषयमा पनि विशेष पहल गर्ने बताए ।

बार्षिक उत्सवमा ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र पुर्व सभामुख तथा संघीय सांसद कृष्णवहादुर महराले दिएको लिखित सुभकामना दिएका थिए ।पोख्रेल र महराका मेलवाट प्राप्त लिखित शुभकामना प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले पढेर सुनाएका थिए ।

‘कोरोना भाइरसको विश्वव्यापी संकटले हामीलाई हरेक प्रदेशमा स्तरीय स्वास्थ्य संस्थाको आवस्यकता अनुभुति गरायो, अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नमुना प्रतिष्ठानका रुपमा स्थापित हुन सकोश’, मुख्यमन्त्री पोख्रेलको शुभकामना मन्तव्यमा उल्लेख थियो ।

त्यसैगरी पुर्वसभामुख तथा यहि क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णवहादुर महराले पनि शुभकामनामा विगतको गम्भीरतालाई आत्मसमिक्षा गर्दै प्रतिष्ठानलाई थप सेवामुखी एवं सुविधासम्पन्न संस्था बनाउन भूमिका खेल्ने उल्लेख गरेका छन् ।

भौतिक उपस्थीतिमा पनि बार्षिक उत्सव
विश्वव्यापी कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानले भौतिक रुपमा पनि दोस्रो बार्षिक उत्सव मनाएको छ । प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सिनेट सदस्य तथा प्रमुख अतिथि देवनारायण चौधरीले प्रतिष्ठानलाई राजनीतिक थलोका रुपमा नभएर प्राज्ञिक संस्थाका रुपमा विकाश गर्न सवैको हातेमालोको खाँचो औंल्याए ।

छोटो समयमा सिमित स्रोत साधनले पनि प्रतिष्ठानले गरेको प्रगतिको प्रशंसागर्दै प्रमुख अतिथि चौधरीले विगतमा सिर्जना भएको अवस्थालाई भुलेर चांडो भन्दा चांडो शैक्षिक गतिविधि सञ्चालनका लागि सवै दलहरुबीच एकमत हुनुपर्ने बताए ।

कोरोना भाइरसको संक्रमणको अवस्थामा प्रतिष्ठानले पिसिआर परीक्षण तथा स्वास्थ्य उपचार सेवामा निर्वाह गरेको भूमिका अतुलनिय रहेको भन्दै अव थप विशेषज्ञ सेवातर्फ लाग्नुपर्ने उनको सुझाव थियो ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले विगतमा प्रतिष्ठानमा केही उतार चढाव आएपनि अहिले अवस्था सहज भएको बताए । प्रतिष्ठानलाई स्तरीय स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको थलो बनाउन सवैले सहकार्य गर्नुपर्ने उनले बताए ।

प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायणप्रसाद भुषालले प्रतिष्ठानलाई एकेडमिक कक्षा सञ्चालनको भौतिक पुर्वाधार निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पनि माथिसम्म पुगिसकेको बताए । अव विगतलाई भूलेर अझै क्रियाशिलता बढाउन आग्रह गरे ।

अध्यक्षको आशणवाट सम्वोधन गर्दै उपकुलपति प्रा.डा. भण्डारीले विगतमा कर्मचारी समायोजनका क्रममा केही समस्या देखिएपनि अहिले प्रतिष्ठानलाई सवैको साथ र सहयोग जुट्दै गएकोमा खुसी व्यक्त गरिन । ‘नेतृत्व फेर वदल भैरहन्छन्, तर प्रतिष्ठान हामी सवैको साझा थलो हो,’ भणडरीले भनिन् ‘यसलाई यहांसम्म ल्याउन सहयोग गर्ने र सद्भाव एवं सुभेक्षा व्यक्तगर्ने सवै सरोकारवाला महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

उनले भविस्यमापनि निरन्तर साथ र सहयोगको आशा व्यक्त गरिन ।उपकुलपति भण्डारीले ५ नं. प्रदेश मात्र नभएर कणर्ाली प्रदेशलाई समेत स्वास्थ्य सेवा दिन सक्ने बनाउनका लागि आउदो शैक्षिक सत्रमा विएससी नर्सिङको पढाइ सुरु हुने घोषणा गरिन ।

‘प्रतिष्ठानमा अनावस्यक रुपमा वाह्य हस्तक्षेप नहोस भन्ने हाम्रो अपेक्षा हो,’ उनले भनिन् ‘यदी त्यसो भएमा समस्त प्रतिष्ठान परीवार एक भएर उभिने छ।’

प्रतिष्ठानका कार्यालय सहयोगीदेखि विशेषज्ञ चिकित्सक सम्मको सहयोगले प्रतिष्ठानले छोटो समयमा सिमित स्रोत साधनबाट पनि उपलव्धि हासिल गर्न सफल भएको भण्डारीले बताइन ।त्यस्तै उनले संघीय सरकार एवं प्रदेश सरकारलाई आवस्यक उपकरणसहित भौतिक पुर्वाधार निर्माणका लागि थप सहयोगगर्न आग्रह गरिन् । कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत दिक्षा योगीले गरेकी थिइन् ।

उत्कृष्ठ कर्मचारी/चिकित्सक पुरस्कृत
कोभिड—१९ को महामारीबीच पनि आफ्नो दायित्वलाई थप शशक्त बनाउंदै प्रतिष्ठानमा उत्कृष्ट कामगर्ने कर्मचारी एवं चिकित्सकलाई पुरस्कृत गरीएको छ । सरसफाइ कर्मचारी अशोक चमार, ढुवानी कर्मचारी रामचन्द्र विक, सहायक मेडिकल रेकर्डर गंगा सेन, सवारी चालक कमानसिंह पुन, नर्स सोनु श्रेष्ठ, अधिकृत शरद अधिकारी, डायटिशियन मदन पाण्डे, प्याथोलोजिष्ट डा. गोपाल लामा, माइक्रो वाइलोजिष्ट दामोदर शर्मा, डा. पृथ्वी अधिकारी, डा.नेत्रप्रसाद वन्जाडे, डा. इश्वरी भुषाल लगायतलाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *