२०७७ कार्तिक ९ गते आइतवार

कोभिड-१९ रोकथामका लागी दाङमा १५ करोड बढी बजेट खर्च


तुलसीपुर,असोज १२ ।कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि दाङमा १५ करोड बढी बजेट खर्च भएको पाइएको छ । जिल्लाका २ उपमहानगरपालिका,१ नगरपालिका सहित १० वटा स्थानीय तहमा गरी १५ करोड १२ लाख ७१ हजार ३ सय ५९ रुपैया खर्च गरेको पाइएको हो । स्थानीय तहबाट प्राप्त विवरण अनुसार आरडिटी तथा पीसीआर टेष्ट, उपचार, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भत्ता लगाएत विभिन्न शीर्षकमा उक्त रकम खर्च गरिएको हो ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमका अनुसार कोभिड-१९ रोकथामका लागी हालसम्म २ करोड १ लाख २२ हजार रुपैया खर्च भएको छ । खाद्यन्न खरिद,स्वास्थ्य सामाग्री र औषधी खरिद,गाडी भुक्तानी,हेल्थ डेक्स स्थापना,क्वारेन्टाइन निमाणर् तथा व्यवस्थापन लगाएतका विभिन्न शिर्षकमा गरि उक्त रकम खर्च भएको उनको भनाई छ ।

त्यस्तै घोराही उपमहानगरपालिकामा असार मसान्त सम्ममा २ करोड ४७ लाख ८९ हजार ९ सय ९ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ऋषीराम केसीले जानकारी दिए । उनका अनुसार उक्त रकम आइसोलेशन निमाणर् तथा व्यवस्थापन,स्वास्थ्य सामाग्री खरिद,एम्बुलेन्स सञ्चालन,राहत वितरण लगाएत विभिन्न कार्यमा खर्च भएको छ ।

त्यस्तै कोभिड-१९ रोकथामका लागी लमही नगरपालिकामा हालसम्म १ करोड ७ लाख ७ हजार ६ सय ९ रुपैया खर्च भएको प्रशासकिय अधिकृत नोखीराम वलिले जानकारी दिए । त्यस्तै शान्तिनगर गाउँपालिकाले १ करोड ३१ लाख रुपैया बजेट खर्च गरेको गाउँपालिकाका प्रशासकिय अधिकृत नरबहादुर विकले जानकारी दिए । दंगीशरण गाउँपालिकाले ३८ हजार ८३ हजार २ सय १५,बबई गाउँपालिकाले ७२ लाख ५९ हजार ६ सय ९९ रुपैया खर्च गरेको छ ।

त्यस्तै बंगलाचुली गाउँपालिकाले १ करोड ८ लाख रुपैया खर्च भएको जनाएको छ । राप्ती गाउँपालिकाले १ करोड ३९ लाख ५५ हजार ४ सय ७ रुपैया,गढवा गाउँपालिकाले १ करोड ५२ लाख ९४ हजार ६ सय ८६ रुपैया खर्च भएको छ भने राजपुर गाउँपालिकाले ३ करोड १३ लाख ५९ हजार ५ सय ३४ रुपैया खर्च भएको जनाएको छ । साथै कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि जिल्लाका १० वटै पालिका मध्ये राजपुर गाउँपालिकामा सबैभन्दा बढी बजेट खर्च भएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *