२०७७ कार्तिक ९ गते आइतवार

५ नम्बर प्रदेशभरि एउटै मापदण्डको चेकिङ बेरिकेट

तस्बिर : राजेश खत्री

शरद रेग्मी,
तुललीपुर,असोज १२। ५ नम्बर प्रदेश प्रहरी कार्यालयले बाह्रवटै जिल्लामा एउटै मापदण्डको चिकिङ बेरिकेट लागु गरेको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सोमबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक र प्रहरीले आकस्मिक र नियमित चेकजाचलाई थप ब्यबस्थित गर्न एउटै मापदण्ड र एउटै साईजका बेरिकेटहरु सबै जिल्लाहरुमा लागु गरिएको जानकारी गराएको छ ।

कार्यक्रममा ५ नम्बर प्रहरि कार्यालय तुलसीपुरका प्रबक्ता एवम प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपि)राजकुमार बैदवारले प्रहरी चेकजाचकाक्रममा नागरिकहरुलाई सास्ती नहोस भन्ने उदेश्यले एउटै किसिमको ब्यरिकेट सडकमा राखिएको बताए ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने,ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि शिब बहादुर सिहं,तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावत,मजदुर नेता एवम ब्यबसायि केशब भण्डारी लगायतले चाडपर्ब नजिकिए सगै सडकमा हुने चाप लाई ब्यबस्थित गर्न सबैक्षेत्रको सहयोग आबश्यक रहेको बताएका थिए ।

यता तुलसीपुर प्रहरिले केहिदिन यता फुटपाथमा जथाभाबि पार्किङ गरि राखिएका मोटरसाईकिल र साना गाडिहरुलाई जरिमाना गर्न सुरु गरेको छ । सोमबार पनि कार्बाहि प्रकृया अगाडि बढाईएको ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारि दिए ।

सोमबारमात्रै २४ वटा मोटरसाईकिल नियन्त्रणमा लिईएको छ भने थप २४ वटा लाई अनद स्पट कार्बाहि गरिएको जानकारि प्राप्त भएको छ ।त्यस्तै ट्राफिक नियम उल्लघन गरेको भन्दै दुईवटा गाडिमा ह्वईल लक लगाईएको छ । यो अभियान एकहप्ता सम्म सन्चालन हुनेछ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *