२०८३ कार्तिक १३ गते बिहिवार

जाजरकोटकी ७६ बर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

दाङ,असोज १२ । जाजरकोटका ७६ बर्षीया कोरोना संक्रमित महिलाको  सोमवार दिउँसो बाँकेमा मृत्यु भएको छ ।

जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ५ गर्खाकोट निवासी ती महिलाको अस्पताल नपुग्दै सोमवार दिउँसो सवा २बजेतिर बाटो मै मृत्यु भएको जानकारी दिइएको छ ।

जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन ।  नेपालगञ्ज मेडिकल कलेज शिक्षणअस्पताल कोहलपुरमा भर्नाका लागि लैजाँदै गर्दा उनको  बाटोमै मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् ।

ती महिलालाई असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । पित्त थैलीको विरामी समेत रहेकी थिइन ।यो संगै बाँकेमा कोरोनासंक्रमित १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *