२०८१ बैशाख १२ गते बुधवार

नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण

७ सय ४२ जना डिस्चार्ज

काठमाडौँ असोज १२ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ८१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *