२०८१ बैशाख १४ गते शुक्रवार

दशैंका लागि खाद्यले पहाडी जिल्लामा चामल पठाउँदै

तुलसीपुर, असोज १२ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले साविक मध्यपश्चिमका केही पहाडी जिल्लाहरुमा चामल पठाउने अन्तिम तयारी पुरा भएको जानकारी दिएको छ ।

नजिक आइरहेका हिन्दु नेपालीका महान चाडहरु दशैं तिहारलाई मध्यनजर गर्दै एक दूई दिन मित्रै चामल पठाउने तयारी भइरहेको कार्याललयका स्टोर किपर नहकुल चौधरीले जानकारी दिए ।

उनका अनुसार डोल्पाका लागि दूई ट्रक चामल लोड भइसकेको छ । ‘त्यो चामल संभव भए आज र नभए भोलि सम्म यहाँवाट जान्छ,’ चौधरीले भने ।

डोल्पा र जाजरकोट जिल्लाका लागि मंगलवार ढुवानीको ठेकेदारको समयाअबधि सकिने तथा तत्काल चामल ढुवानी हुने चौधरीले जानकारी दिए ।

मुख्य शाखा कार्यालय तुलसीपुरबाट डोल्पा, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व लगाएतका जिल्लाहरुमा खाद्यले चामल पठाउँदै आएको छ ।

स्टोर किपर चौधरीका अनुसार यो वर्ष डोल्पाका लागि ९ सय क्वीन्टर चामलको कोटा रहेको छ । त्यसमध्य दूईवटा ट्रक मार्फत ३ सय ४० क्वीन्टर चामल पठाउने तयारी भइरहेको उनले बताए ।

खाद्यान्नले बेच्ने चामल बजार मूल्य भन्दा केही सस्तो मूल्यमा सर्वसाधारण उपभोक्ताले खरिद गर्न पाउँछन् । तुलसीपुरमा मोटो चामल प्रति क्विन्टलको ४५ सय, जिरा मसिनो ५६ सय र जापानिज चामल प्रति क्विन्टल ४७ सयमा विक्रि हुने गरेको चौधरीले जानकारी दिए ।

तर, ढुवानीका कारण पहाडी जिल्लाहरुमा पुग्ने त्यही चामल केही महंगो पर्ने चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *