२०८१ चैत्र ४ गते सोमवार

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल,असोज १२ । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता बुटवल उपमहानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित तिनाउ खोलोको छेउमा एक नवजात शिशु मृतावस्थमा फेला परोको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *