२०८० चैत्र १६ गते शुक्रवार

रोल्पामा कोरोना व्यवस्थापनमा पौने ७ करोड खर्च

रोल्पा,असोज १२ । रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने ७ करोड रकम खर्च गरेका छन् ।

क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च मात्रै छ करोड ७७ लाख ७२ हजार ६७२ रुपैयाँ भएको छ ।

सबैभन्दा धेरै खर्च लुंग्री गाउँपालिकाले गरेको छ । रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा ५० लाख रुपैयाँ खर्च गरेको छ ।

रोल्पाका दश स्थानीय सरकारले युवा लक्षित कार्यक्रम भन्दै रोजगारी सिर्जना गर्ने कार्यक्रम भने ल्याएका छन् । यसका लागि एउटा स्थानीय सरकारले कम्तीमा ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेका छन् ।

लुंग्री गाउँपालिकाले १ करोड ६१ लाख, सुनिलस्मृति गाउँपालिकाले १ करोड १० लाख, परिवर्तन गाउँपालिकाले ८५ लाख र त्रिवेणी गाउँपालिकाले ५७ लाख रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी रुन्टीगढी गाउँपालिकाले ५० लाख, माडी गाउँपालिकाले ४४ लाख ३५ हजार ४ सय ५०, थबाङ गाउँपालिकाले ३८ लाख र सुनछहारी गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेको जनाएका छन् ।

यो रकम उनीहरुले हेल्थ डेस्क, क्वारिन्टिन, आइसोलेसन, नागरिकको व्यवस्थापन जस्ता कामहरुमा खर्च गरेको जनाएका छन् ।

कोरोना व्यवस्थापनका लागि रोल्पाका दश स्थानीय सरकारलाई संघीय र प्रदेश सरकारले रकम सहयोग गरेका थिए ।

संघीय सरकारले लुंग्री गाउँपालिकालाई १० लाख, सुनिलस्मृति गाउँपालिकामा ८ लाख, रोल्पा नगरपालिकालाई ११ लाख ४१ हजार ७ सय रुपैयाँ दिएको थियो ।

रोल्पा नगरपालिकाले सांसद विकास कोषबाट ५१ लाख ४५ हजार ४ सय ६१२ प्राप्त गरेको नगर प्रमुख पुर्ण केसीले जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापन गरिएको रकम पनि कतिपय स्थानीय पालिकाले बचत गरेका छन् । यसमा रोल्पा नगरपालिका सबैभन्दा अगाडि छ । रोल्पा नगरपालिकामा जम्मा भएको १ करोड ७ लाख ३७ हजार ४५० रुपैयाँमध्ये ५० लाख मात्रै खर्च भएको छ ।

त्यस्तै अन्य विपदमा परेका नागरिकका लागि ३ लाख रुपैयाँ खर्च भएको नगर प्रमुख केसीले जानकारी दिए ।

त्यस्तै माडी गाउँपालिकाले पनि जम्मा भएको रकममध्ये २१ लाख ३५ हजार ४५० रुपैयाँ बचत गरेको अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *