२०८१ चैत्र ३ गते आइतवार

घोराहीका एक युवाद्धारा आफै घाँटी रेटी आत्महत्याको प्रयास

दाङ, असोज १२ । घोराहीका एक युवाले श्रीमतीसंगको विवाद पछि आफ्नो घाँटी आँफै रेटेर आत्महत्याको प्रयास गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ बग्या निवासी २७ बर्षीय श्याम नेपालीले आइतवार बेलुका श्रीमती संग फोनमा विवाद पछि आफै घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको छ ।

नेपालीको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतवार बेलुका ६ बजेतिर नेपालीले घरबाहिर रहेकी श्रीमती संग फोनमा झगडा भएको र त्यसपछि उनी आवेशमा आएर चक्कुले आफ्नो घाँटी आफै रेटर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काकाले जानकारी दिए ।

विहानपनि नेपालीले श्रीमती संग घरमै विवाद गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । नेपालीको घाँटामा चक्कुले गहिरो घाउ खत लागेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *