२०८१ चैत्र १२ गते मङ्गलवार

आँखाको समस्या पुरुषमा भन्दा महिलामा धेरै

तुलसीपुर,असोज ११ ।  दाङमा पुरुष भन्दा आँखाका बिरामीहरुको संख्या महिलाहरु धेरै भएको पाइएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले आइतवार गरेको पत्रकार सम्मेलनमा त्यस्तो जानकारी दिइएको हो ।

अस्पताल स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा आँखाको समस्या पुरुषमा भन्दा महिलाहरुमा बढी देखिएको छ । अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आँखाको समस्या भएका ५७ प्रतिशत महिला छन भने ४३ प्रतिशत पुरुष रहेका छन ।

४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आइतवार अस्पतालले आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड–१९ विषयक कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ प्रसाशकीय अधिकृत शम्शेर थापाले महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको तर्क गरे ।

डाक्टर कटवलाले पनि महिलामा बढी आँखाको समस्या देखिनुका पछाडि त्यस्तै तर्कहरु प्रस्तुत गरिन ।

‘घरदेखि बनजंगलसम्मको कामको जिम्मेवारी महिलाहरुमा बढी हुन्छ,’ उनले भनिन् ‘खाना पकाउदा धुलो धुँवाले बढी असर गर्छ र महिलाहरुले बढी केमिकल मिसिएको सामानहरु आँखामा प्रयोग गर्नुेलेपनि समस्या भइरहेको छ ।’

बरिष्ठ अधिकृत थापाले अस्पतालले स्थापनादेखि हालसम्म २८ लाख बढीलाई सेवा दिएको र त्यसमध्ये २ लाख बढीको निशुल्क आँखाको अप्रेशन गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रज्योति संघका सचिब सुरेन्द्र खड्काले नेपाल नेत्र ज्योति संघ अन्तर्गत राप्ती आखाँ अस्पताल रक्षाचौर,लमही अस्पताल र बहादुरगञ्ज स्थित आँखा अस्पालबाट पूर्नस्थापन,मोतियाबिन्दु,आखाँ सम्बन्धि जनशक्ति उत्पादन लगायतका काम भइरहेको जानकारी दिए ।

अस्पताललाई अध्ययन प्रतिष्ठानको रुपमा बिकास गर्ने र एकीकृत आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने अबको मुख्य योजना रहेको उनले बताए । त्यस्तै कोभिड–१९ ले आँखा स्वास्थ्य सेवालाई धेरै नै प्रभाव पारेको भएपनि त्यसमा समेत राज्यले विभेद गरेको बताए ।

कार्यक्रमलाई मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले गैर सरकारी संघसंस्थालाई सहि ढंगले बर्गिकरण हुन नसक्दा कामको मूल्यांकन गर्न राज्य चुकेको बताए । सबैलाई एउटै नजरले मूल्यांकन गर्ने शैलि सरकारले परिर्वतन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस कार्यक्रममा नेत्रज्योति संघका सहसचिब चिरञ्जिबी रिजाल,नेपाल पत्रकार महासंघका सहसचिब सर्मीला डिसी,पत्रकार बसन्त आचार्य,अधिकारकर्मी निर्मल नेपाली लगाएतले सम्वोधन गरेका थिए ।

अस्पतालका प्रशासक किरण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *