२०८३ भाद्र ३० गते मङ्गलवार

बितेको २४ घण्टामा १२२८ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

भदौ १८। बितेको २४ घण्टामा बिहीबार देशभर १२२८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

बितेको २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।

बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *