२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरका ४८४ को स्वाब परीक्षण गर्दा ५ जनालाई संक्रमन पुष्टि

तुलसीपुर, भदौ १६ । मंगलवार तुलसीपुरमा फेला परेका ५ संक्रमित मध्य अधिकाँस स्वास्थ्यकर्मी रहेका छन् । संक्रमित मध्य तुलसीपुर ५ का दूई जना महिला स्वएंमसेविका रहेका छन् । त्यसमध्य एकजना ४० बर्षीया रहेकी छिन भने अर्कीको उमेर खुलेको छैन । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत एक जना २८ बर्षीया नर्सिङ स्टाप र एकजना ३४ बर्षीय चालकलाई पनि संक्रमन पुष्टि भएको छ ।

तुलसीपुर उपमाहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार प्रादेशिक अस्पतालमा सेवा लिन आएकी घोराहीकी एकजना ४२ बर्षीया महिलालाई पनि संक्रमन पुष्टि भएको छ । ‘ एकजना महिला प्रस्तुती हुँदा कुरुवाको रुपमा आएकी आएकी घोराहीकी महिलालाई पनि संक्रमन फेला परेको छ,’ केसीले भने । बाँकेस्थित भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा पाँच जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो । २५० स्वाबहरु तुलसीपुरबाट शुक्रवार संकलन गरिएकोमा ५ जनालाई मात्रै पोजेटिभ देखिएको हो ।

त्यस्तै तुलसीपुरवाट शुक्रवार नै संकलन गरिएका थप २३४ स्वाबहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको तुलसीपुरको जिल्ला फोकल पर्सन कमल चन्दले फरककोणलाई बताए । चन्दका अनुसार मंगलवार सम्म जिल्लामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ । त्यसमध्य ६ सय ९८ जना उपचार पछि घर फर्किसकेका छन् । हाल जिल्लामा ८९ जना सक्रिय संक्रमित रहेको चन्दले जानकारी दिए । हालसम्म जिल्लाका दूई जनाको कोरोना संक्रमनवाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *