
तुलसीपुर, भदौ १५ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले सोमवारदेखि प्रसुती र इमरजेन्सी सेवा सुरु गरेको छ । बेलुकी ५ बजेपछि ती सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिएका छन् ।
अस्पताल विकास समितिको सोमवार बसेको बैठकले प्रसुती र इमरजेन्सी सेवाहरु सुरु गर्ने निर्णय गरेको भएपनि ओपिडी सेवा भने अझैं सुरु नगर्ने निर्णय गरेको छ । अर्कौ सूचना जारी गरेपपछि मात्रै ओपिडी सेवा सुरु हुने डा. अधिकारीले जानकारी दिएका छन् । तर उनले उक्त सेवापनि निकट भविस्यमै सुरु गर्ने बताएका छन् ।
भदौ १३ गते अस्पतालमा कार्यरत दूई चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमन पुष्टि भएपछि अस्पतालले आफ्ना सम्पूर्ण सेवाहरु बन्द गरेको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
