२०८१ माघ १२ गते शनिवार

बाँकेमा पनि प्लाज्मा थेरापीवाट उपचार सुरु

दाङ,भदौ १५ ।बाँकेमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । भेरी अस्पतालमा पुगेर सोमवार बाँकेका दूई जनाले प्लाज्मा दान गरेका छन् । जिल्ला फोक पर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १ का अध्यक्ष तथा नेपालगञ्जका प्रवक्ता प्रमोद रिजालले बाँकेमा पहिलो पटक प्लाज्मा दान गरेको जानकारी दिए ।

रिजालले दान गरेको प्लाज्मा सल्यानको शारदा नगरपालिका वडा नं. ६ निवासी २९ बर्षीय कोरोना संक्रमित एक युवालाई चढाइएको श्रेष्ठले बताए । सोमवार नै कोहलपुर निवासी रामराज चौधरीले पनि प्लाज्मा दान गरेको श्रेष्ठले जानकारी दिए । गम्भीर प्रकृतिका कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिन्छ ।

कोरोना संक्रमित कुनैपनि व्यक्तिले १४ दिन आइसोलेशन बसेर संक्रमन मुक्त भएपपछि प्लाज्मा दान गर्न सक्छन् ।
संक्रमनवाट मुक्त भएका विरामीको प्लाज्माले कोराना संक्रमित गम्भीर बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *