२०८१ माघ १२ गते शनिवार

रुकुममा मोटरसाईकल दूर्घटना हुँदा दाङका युवा घाइते

दाङ, भदौ १३ । रुकुम पूर्वमा मोटरसाईकल दूर्घटना हुँदा दाङका युवा घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं। ५ घर भइ हाल रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं। ५ निवासी २८ बर्षीय इश्वर महरा र सोही ठाउँकै २६ बर्षीय प्रकाश विसी घाईते भएका छन् ।

शुक्रवार बेलुका पौने ५ बजेतिर महराले चलाएको लु ६ प ४७२५ नम्वरको मोटरसाईलक भूमे गाउँपालिका वडा नं। १ मा आफै अनियन्त्रित भएर दूर्घटनामा परेको थियो ।

घाइते दुबै जनाको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *