२०८३ कार्तिक १२ गते बुधवार

शुक्रवार ९२७ संक्रमित थपिए, १२ जनाको मृत्यु

दाङ,भदौ १२ ।  कोरोना भाइरसका कारण वितेको २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारसम्मेलनमा शुक्रबार १२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक मध्य ४ जना महिला छन् । जसमा  भक्तपुरकी ६३ वर्षीया महिला, मोरङका ५६ वर्षीया र ६५ वर्षीया महिला  र मकवानुपरकी ७१वर्षीया महिला रहेका छन् ।

त्यस्तै ८ जना पुरुषको मृत्यु भएको छ ।  जसमा  रुपन्देहीका ६० वर्षका पुरुष ,  उदयपुरका ५२ वर्षे पुरुष, झापाका ८३ वर्षीय पुरुष , चितवनका ५१ वर्षीय पुरुष , पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष , सिरहाका ५५ वर्षीय पुरुष  र कास्कीका ५२ वर्षीयपुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको  संख्या १९५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । शुक्रवार दाङमा एकजनामा मात्रै संक्रमन पुष्टि भएको छ ।हालसम्म नेपालमा  संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

वितेको २४ घण्टामा १ सय ६९ जना उपचार पछि  घर फर्किएको पत्रकार सम्मलेनमा डा. गौतमले जानकारी दिएका छन् । हालसम्म सबैगरि  २० हजार २ सय ४२ जना उपचार पछि घर फर्किसकेको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *