
दाङ,भदौ १२ । कोरोना भाइरसका कारण वितेको २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारसम्मेलनमा शुक्रबार १२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
मृतक मध्य ४ जना महिला छन् । जसमा भक्तपुरकी ६३ वर्षीया महिला, मोरङका ५६ वर्षीया र ६५ वर्षीया महिला र मकवानुपरकी ७१वर्षीया महिला रहेका छन् ।
त्यस्तै ८ जना पुरुषको मृत्यु भएको छ । जसमा रुपन्देहीका ६० वर्षका पुरुष , उदयपुरका ५२ वर्षे पुरुष, झापाका ८३ वर्षीय पुरुष , चितवनका ५१ वर्षीय पुरुष , पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष , सिरहाका ५५ वर्षीय पुरुष र कास्कीका ५२ वर्षीयपुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १९५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । शुक्रवार दाङमा एकजनामा मात्रै संक्रमन पुष्टि भएको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
वितेको २४ घण्टामा १ सय ६९ जना उपचार पछि घर फर्किएको पत्रकार सम्मलेनमा डा. गौतमले जानकारी दिएका छन् । हालसम्म सबैगरि २० हजार २ सय ४२ जना उपचार पछि घर फर्किसकेको डा. गौतमले जानकारी दिए ।