२०८१ माघ १२ गते शनिवार

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर भदौ १२ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो । सिग्देलका अनुसार बिहान ७ बजेदेखि महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

मृतकमा दमको पुरानो समस्या रहेको डा. सिग्देलले बताए । शुक्रबार मोरङको बेलबारी नगरपालिका ५ कि ५६ वर्षीया कोरोना संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *