२०८१ माघ १२ गते शनिवार

बुटवलमा कोरोना संक्रमितको एक पुरुषको मृत्यु

बुटवल,भदौ ११ ।  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक पुरूषको मृत्यु भएको छ। कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार मृतक कपिलवस्तु नगरपालिका १ का हुन् ।

उनको बुधबार राती मृत्यु भएको हो। स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि पाँचदिन अघि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या थिए।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *