भदौ ३ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तयार भएको छ । करिब २ वर्ष अघि सिलान्यास गरिएको बेलझुण्डी रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो रंगशाला लागत भ्याट र पिएससहित २४ करोड २४ लाख ४५ हजार रुपैयाँ निर्माण भएको हो ।
यो रंगशालाको निर्माण कार्य दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभी काठमाडौंले गरिरहेको छ ।
यो रंगशालामा सेन्थेटिक एथलेटिक्स ट्राक, फुटबल मैदान, नाली, भिआइपी प्यारापिट, खेलाडी चेन्जिङ रुम, रेफ्री रुम, बैठक रुम, भिआईपी र मिडिया रुम र साधारण प्यारापिट निर्माण भएका छन ।