२०८३ भाद्र १२ गते शुक्रवार

प्युठानमा बिषालु च्याउ खादाँ २ जनाको मृत्यु,३ जना गम्भिर

प्युठान,भदौँ २ ।  प्युठानमा जंगली बिषालु च्याउको तरकारी खाएर २ जनाको मृत्यु भएको छ ।

प्युठानको नौबहिनी गाँउपालिका९६ ढाखोलाकी बिष्णु घर्तीको परिवारले गत ३१ गते बेलुका जंगली बिषालु च्याउको तरकारी पकाई खाएकोमा झाडापखाला लागी अस्पताल लैजाँदालैजाँदै २ जनाको बाटोमै मृत्यु भएको र ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

एकाघरका ५ जनाको परिवार झडापखाला लागेर उपचारको लागी जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा २ जनाको बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा बिष्णु घर्तिका १५ र १३ बर्षिय छोरा सुरेश घर्ती र सुगम घर्ती रहेका छन् ।

अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भईरहेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालमा उपचार जारी रहेका बिष्णु घर्ती सहित उनकी श्रीमती लिला घर्ती र छोरा शशि घर्तीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *