२०८१ बैशाख ८ गते शनिवार

दाङमा पनि समुदायमै कोरोना फैलिएको आशंका

दाङ, भदौ २ । घोराहीको एक बैंकमा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमन फेला परेको छ । सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही १५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत २२ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनी घोराही निवासी हुन । ती कर्मचारीलाई सेवाग्राहीबाटै भाइरसको संक्रमन भएको अनुमान गरिएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा उपचारका लागि पुगेका उनलाई कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो। त्यही उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमन फेला परेको थियो । कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंक सिल गरिएको छ । त्यस्तै तुलसीपुरका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित घरमा बस्दै आएका ती व्यक्ति केही समय पहिला काठमाडौंमा बाट फर्किएको तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । साउन २६ गते उनले कपुरकोटमा स्वाब दिएका थिए । उनको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको केसीले जानरकारी दिए ।

उनी सल्यानको कपुरकोटस्थित अदुवा बालीका कर्मचारी हुन । कपुरकोटमा स्वाब दिएका उनी तुलसीपुरस्थित घर बस्दै आएका थिए । यो संगै कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

तुलसीपुरमा अहिलेसम्म ७८ जनामा संक्रमण देखिएको छ भने ६२ जना निको भएर डिस्चार्ज भएका छन् । राप्ती लाईफ केयर, सेन्टर मावि, होम क्वारेन्टाइनमा र होटल क्वारेन्टाइनमा गरेर उपमहानगरपालिकामा अहिले ५५ जना क्वारेन्टाइनमा रहेका छन् भने होम क्वारेन्टाइनमा ३० जना रहेको फोकल पर्सन केसीले जानकारी दिए। अहिलेसम्म दाङमा ७ सय १४ जनामा संक्रमण देखिएको छ। ६२ जना अहिले पनि आइसोलेशनमा उपचाररत रहेका छन्। ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *