काठमाडौं, साउन ३० । नेपालमा कोरोना भाइरसका कारण थप दूई जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरसवाट मृत्यु हुनेहरुको संख्या एकसय नजिक पुगेको छ । प्राप्त तथ्याङ्क अनुसार दूई जनाको मृत्यु पछि मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
बिहीवार बेलुका विराटनगरको कोशी अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय युवा र विराटनगर १५ निवासी ३० बर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको थियो । दुबै बिरामीलाई निमोनिया र श्वाप्रश्वासमा समस्या देखिएको थियो ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार