
साउन २६ । आज देशभर ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १४० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १६ हजार ४९३ जना निको भइसकेका छन् ।कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार