२०८१ माघ १३ गते आइतवार

घोराहीवाट दूई जना नक्कली प्रहरी पक्राउ परे


तुलसीपुर, साउन १८ । दाङको घोराहीवाट दुईजना नक्कली प्रहरी पक्राउ परेका छन् । प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निशुलक खाना खाने , होटेल सञ्चालकहरु संग पैशा माग्ने तथा धम्क्याउने दूई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ भलचौर निवासी ३० बर्षीय गोपाल मल्ल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्ने नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निशुल्क खाने र पैंशा मागेर थर्काउने जस्ता कार्य गर्दै आएका थिए । नेपालीले घोराही १५ ट्राफिक चोकस्थित लुम्बिनी होटेल र मालिका भ्याली भ्यू होटेलमा गई होटेल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रुपमा रकम दिनुपर्छ भनेर धम्क्याउने गरेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

त्यस्तै सल्यानका हमालले पनि आफु जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत असई हुँ भनेर घोराही १५ ट्राफिक चोकको पाहुना गेष्ट हाउनमा पैंशा नदिएरै फ्रिमा खाना खाने गरेको तथा होटेल सञ्चालकलाई धम्क्याउने गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

उनीहरु दुबै जनालाई शनिवार घोराहीवाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।नेपाली र हमाल दुबैका विरुद्ध अभद्र व्यवहार गर्न नहुने शिर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट आइतवार दश दिनको म्याद थप गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *