चितवन, असार २७ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टर पक्राउ परेका छन् ।पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
डाक्टरहरु बाटै अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको भन्ने गुनासोको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरि काठमाडौं लगेको छ।
यद्यपी ब्यूरोले घटना सार्वजनिक गरेको छैन । पक्राउ परेका डाक्टरहरुको मिलेमतोमा चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित अस्पतालमा एक जना नेपाली नागरिकलाई कागती रुपमा भारतीय हुन भन्ने बनाएर मृगौला प्रत्यारोपण गरेको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
