२०८१ फाल्गुन ६ गते मङ्गलवार

आर्थिक सहयोग गरि मलाई बचाउनुहोस – बोनम्यारो पीडित वली

नविन अभिलाषी,दाङ, असार २५ । घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्राका बोनम्यारो पीडित चन्द्रप्रसाद वलीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् ।
रोजगारीको शिलशिलामा भारतको पञ्जाव स्थित लुदियानाको एक होटलमा कार्यरत वलीलाई दुई वर्ष पहिले बोनम्यारो भएपछि उनी थलिएका छन् ।
उपचारका क्रममा दयानन्द मेडिकल कलेज भाभरतले बोनम्यारो भएको प्रमाणित गरेको थियो । पीडित वलीको बहिनी सुनिता वलीका अनुसार
घर फर्किएर पुनः भारत मै काम गर्न पुगेका चन्द्रप्रसादलाई फेरी समस्या बल्झिएको हो ।
वलीले उपचारमा भएको सबै सम्पत्ति पनि सक्किएको बहिनी सुनिताले बताइन । थप उपचारको लागि कुनै विकल्प नभएपछि मानविय नाताले वलीले सबैलाई आर्थिक सहयोग गरि आफ्नो जिवन बचाई दिन याचना गरेका हुन ।
लकडाउनकै अवधीमा दाङ फर्किएर दुन्द्राकै स्कुलमा क्वारेन्टाईन बसेका थिए । जहाँ चन्द्रप्रसादको अवस्था झन झन नाजुक बन्दै गएपछि सबैको सहमतिमा हाल उनलाई घरमै लगेर राखिएको थियो । तर समस्या झनै बल्झिएपछि घोराहीको बुद्ध हस्पिटल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका गराउँदा चिकित्कसले कि भारत वा काठमाडांै लैजान सुझाएका थिए ।
चन्द्रप्रसादलाई ऋणसाहु गरेर उपचारका लागि काठमाडौं लगिएको भएपनि रकम अभावमा उपचार हुन सकेको छैन ।
वलीका ९ वर्ष र ६ वर्षको दुई नावालक छोराहरु छन् । पत्नि तुल्सीकुमारी वलीले घरका मुली नै थला पर्दा उपचारका लागि सबै सम्पत्ति सकिएको हुँदा जीवन रक्षाको लागि आर्थिक सहयोगको सबैका याचना गरेकी छन् ।
चन्द्रप्रसादलाई सहयोग गर्न चाहाने जो कोहीले कुमारी बैंक घोराहीको खाता नं. १०११७३९४००१२५०१ मा सहयोग गर्न वली परिवारले सबैमा आग्रह गरेको छ ।सहयोग गर्न ईच्छुकले मोबाईल फोन नं. ९८२२९९६३७४ मा सम्पर्क गर्न पनि परिवारले अपिल गरेको छ ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *