तुलसीपुर, असार १९ । शुक्रवार दाङवाट दूई सय ५८ नमुना परीक्षणका लागि बाँके पठाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका १ सय ६९, शान्तिनगर गाउँपालिकाका ३६ र बबई गाउँपालिकाका ५३ वटा स्वाब पिसिआर परीक्षणका लागि बाँके पठाइएको हो ।
तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले प्रतिष्ठानले स्वाब परीक्षण गरेवाफत रकम अनिवार्य गरेपछि बाँके पठाइएको जानकारी दिए । दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारी निर्णय अनुसार प्रति स्वाब परीक्षण गरेबाफत ५ हजार ५ सय रकम भुक्तानी माग्न थालेपछि सित्तैमा परीक्षण गराउन स्वाब बाँके पठाइएको हो ।
सरकारले आर्थिक सहयोग नगर्दा प्रतिष्ठान चरम आर्थिक संकटमा फस्न थालेको हुँदा बाध्य भएर रकम माग्नु परेको निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार