२०८१ माघ ३० गते बुधवार

देशभर सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति गर्यो

असार १९ । सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सलहले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा बढी क्षति पुर्‍याएको जनाएको छ ।

सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको छ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले सलहले मकै र तरकारीमा बढी क्षति पुगेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *