असार ११ । स्याङ्जाका एक व्यक्तिको कोरोनाबाट ज्यान गएको छ । कोरोना संक्रमित व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार हुँदै गर्दा ज्यान गएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ : ३५ बजे उपचारको क्रममा ज्यान गएको अस्पतालले जारि गएको बिज्ञप्तिमा उल्लेख गरिएको छ। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।
यहि असार आठ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ज्यान गएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार