२०८१ माघ ३० गते बुधवार

सूर्यप्रसादले पाए पञ्चानब्बे वर्षको उमेरमा नागरिकता

लमजुङ, मङ्सिर १३ ।  लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन्  ।

प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्  । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिएका थिए ।

“वृद्धा अवस्थामा रहेकालाई घरमा नै गएर सार्वजनिक सेवा सुविधा दिन पाउँदा आफू निकै खुशी भएको छु”, प्रजिअ ढकालले भने । आवश्यक सबै प्रक्रिया पूरा गरी कार्यालयको कामलाई असर नगर्ने तरिकाले नागरिकता फाँटको अभिलेख किताबसहित कार्यालय समय सकिएपछि प्रजिअ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् ।

“नेपाली नागरिकताको खासै खाँचो भएन, अस्थायी निस्साबाट नै काम चलाएका थियौं, वस्तीका कान्छा छोरा नारायणप्रसादले भने, “स्थानीय तह आएपछि सरकारले प्रदान गरिने सामाजिक सुरक्षाभत्ता (वृद्धा भत्ता) बुबाले पाउनु भएन, बैंकमार्फत दिन थालेपछि नागरिकताको अभावमा बुबाले सामाजिक सुरक्षाभत्ता पाउनुभएन, बैंकले नागरिकता नभई पैसा दिएन ।”

बंैकले नेपाली नागरिकता खोजेपछि एक वर्षदेखि वस्तीले वृद्धा भत्ता पाएका छैनन्  । वडा सचिव र जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुवालाई घरमा नै नेपाली नागरिकता दिन पाउँदा खुशी लागेको छ । “घरमा नै सरकारी सेवा पाउन सहज हुन्छ भन्ने थाहा भएको भए यसअघि नै बुवाको नागरिकता बनाउने कोशिस गर्थे”, उनले भने ।

विसं १९९० को भूकम्पपछि वस्तीका सहपरिवार तनहुँको भन्सारबाट लमजुङको साविकको उदिपुर गाविसमा बसाइँसरी आएका थिए । वस्तीका दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *