२०७८ बैशाख २५ गते शनिवार

६ लाखको ल्यापटप चोरेको अभियोगमा एक युवा पक्राउ


दाङ, असार १० । ६ लाखको ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले दाङमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. २ निवासी २४ बर्षीय रमेश पुर रहेका छन् । जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार पुनले घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी दूर्गा खत्रीको घरवाट ६ लाख मुल्य बराबरको ल्यापटप चोरी गरेर फरार भएका थिए ।

पुनले मंगलवार विहान १ बजे खत्रीको किचेन फोडेर उक्त ल्यापट र गाडीको सिशा तोडफोड गरि पेन ड्राईभ समेत चोरी गरेको डिएसपी खड्काले जानकारी दिए । फरार पुनलाई प्रहरीले खवर पाएको १८ घन्टा भित्रै चोरीका सामानसहित पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । पुन विरुद्ध चोरी गर्न नहुने कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *