२०८१ माघ ३ गते बिहिवार

करेन्ट लागेर टिपर चालक र सहचालकको मृत्यु

नवलपरासी,असार ९ । पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्याङ्जा जिल्लाको सेखम निवासी ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ धुर्बकोट देवराली निवासी सहचालक १७ बर्षीय आशिष विक रहेको प्रहरीले बताएको छ ।

मंगलवार बिहान सवा ९ वजे विनयी त्रिवेणी ३ स्थित खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाडिको भागमा विधुत पोलको तारमा छोएपछि उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *