२०८१ माघ १३ गते आइतवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान २ दिन सिल गरिने

फाइल तस्बिर

तुलसीपुर, असार ५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुई दिन सिल गरिने भएको छ । शुक्रवार एक चिकित्सक, दूई नर्स र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेपछि प्रतिष्ठान दुई दिनसम्म सिल गरिने भएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले ३९ बर्षीय एक चिकित्सक, ३४ र २५ बर्षीया दूई नर्स र ४२ बर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमन फेला परेको जानकारी दिए ।उनले प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सक लगाए सबैको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिने जानकारी दिए । उनले अबको दुई सम्म कुनैपनि विरामी भर्ना नलिने बताए । यसअघि जिल्लामा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेको छ ।

घोराहीमा मात्रै ५ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ वर्षीय स्वास्थ्यकर्मी, घोराही वडा नं. २ रामपुरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४६ वर्षीय एक पुरूष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४८ वर्षीय एक अर्का पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ। यसअघि घोराही वडा नं. ४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ वर्षीया दुई महिला स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको थियो। मंगलबार राजपुर गाउँपालिकामा ल्याब असिष्टेन्ट २५ वर्षीया स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको थियो । यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमण फेला परेको थियो।उनीहरू क्वारेन्टिनमा रेखदेख तथा स्वाब संकलनमा खटिदै आएकाहरु हुन ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *