शंकल केसी,
सल्यान, ३ असार ।सल्यानको किमुचौरमा ५० बेडको आइसोलेसन सेन्टर तयार भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो । नेपाली सेनाले उक्त आइसोलेसन सेन्टर निर्माण गरेको हो । कर्णाली प्रदेस सरकारको ९ लाख २० हजार र कपुरकोट गाउँपालिकाको ब्यवस्थापनमा आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
आइसोलेसन सेन्टरमा महिला पुरुषका लागि छुट्टा छुट्टै सौचालयको ब्यवस्था, धारा, विजुली बत्ति लगाएतको ब्यवस्था गरिएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्रकुमार सेनले जानकारी दिए । जसको बुधवारमा मात्रै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले अवलोक गरेका छन् । कपुरकोटमा हाल सम्म एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनको सल्यान सदरमुकाम स्थित आइसोलेसनमा उपचार भइरहेको छ ।
१४ जनाको स्वाब संकलन
बुधबार कपुरकोट गाउँपालिकाबाट १४ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका तथा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सहित १४ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । स्वाब संकलनका लागि आवश्यक पर्ने भिटिएम गाउँपालिकाले नै खरिद गरेको छ । संकलित स्वाबलाई बुधबार नै परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको दाहालले बताए ।