
जेठ २८ । गएको २४ घण्टामा २७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज बुधबारमात्रै थप २७९ जनामा संक्रमण पुष्टि भएको हो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा २७९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये २५७ पुरुष र २२ महिला रहेको मन्त्रालयले बताएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म ६७४ जना डिस्चार्ज भएका छन् । हालसम्म ७२ जिल्लामा संक्रमण पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार