२०८१ बैशाख २२ गते शनिवार

दाङमा आज आइसोलेसनमा १४ र क्वारेन्टिनमा १४१ जना

तुलसीपुर, बैशाख २६ । दाङमा शुक्रवार सम्म १४ जना क्वारेन्टिनमा रहेका छन् । उनीहरु सबै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल १४ मा राखिएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले आइसोलेसनमा राखिएकाहरुको शनिवारसम्म स्वाब संकलन गरि परीक्षणका लागि पठाइने जानकारी दिए ।

जिल्लामा कुल १६६ वटा आइसोलेसन वेड रहेको जानकारी रिजालले दिएका छन् ।त्यसैगरी शुक्रवारसम्म जिल्लाका विभिन्न स्थानमा गरि १४१ जना क्वारेन्टिनमा राखिएका छन् । जिल्लाका विभन्न स्थानमा गरि कुल २८८ वटा क्वारेन्टिन बेड रहेका छन् । रिजाललका अनुसार ८० थान पिपिई उपलब्ध छ भने आरडिटी टेष्टमा हालसम्म सबैको नतिजा नेगेटिभ नै आएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *