२०८१ मङ्सिर १८ गते मङ्गलवार

नेपालगन्जका पहिलो संक्रमित व्यक्तिका परिवारमा कोरानो भेटिएन


दाङ, वैशाख २४ । नेपालगन्जका पहिलो कोरोना संक्रमित ६० बर्षीय ब्यक्तिको परिवारका कुनैपनि सदस्यहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी मस्जिदमा पढाउने ती शिक्षकका परिवारजनको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनका परिवारका ६ सदस्यको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । नेपालगन्जमा ६० बर्षीय ती पुरुषमा गत शुक्रबार पहिलो पटक कोरोना पुष्टि भएको थियो । स्थानीय फूलबारी मस्जिदबाट ११ जनाको स्वाब संकलन गरिएमा शुक्रबार उनलाई मात्रै संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो । पहिलो संक्रमित ६० बर्षीय ती व्यक्तिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बढी समय बिताउने गर्दथे । जहाँ उनले बिहान–बेलुका नमाज पढ्नुका साथै बालबालिकालाई उर्दु भाषा पढाउने काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *