
प्रियास्मृती ढकाल,
नेपालगन्ज, बैशाख २२ । ६० वर्षीय संक्रमितका घर परिवारसहित ३९ जनाको स्वाब परीक्षण रिपोर्ट सोमवार आउँदै छ । १७ गतेफूलवारी मस्जिदमा स्वाव लिइएका ११ जना मध्येमा ६० वर्षीय शिक्षकमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको स्वावसंकलन गरिएको छ ।
त्यसमध्येमा ५५ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएका मध्ये १५ जनामा संक्रमन पुष्टि आइतवार नै भइसकेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सोमवार ६० वर्षीय व्यक्तिका ६ जनाघरपरिवारसहित उनको सम्पर्कमा रहेका थप ३९ जनाको रिपोर्ट आउने जानकारी दिएका छन् ।
पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको पनि खोजी भइरहेको छ । संक्रमित सबैलाई खजुरास्थित सुशील कोईरालाअस्पतालको आइसोलेसनमा राखिएको छ ।
नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको व्यवस्थापन मिलाउन भन्दै ५ नम्बर प्रदेशका सामाजिकविकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज आउने जानकारी दिइएको छ