२०८२ माघ १ गते बिहिवार

रुकुममा दश दिनमै ठडियो कोरोना अस्पताल


दाङ, वैशाख १४ । पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा दश दिनमै कोरोना अस्पताल ठडिएको छ । राडीबजारमा १० दिनमै स्थानीयको झन्डै एक करोड सहयोगमा कोरोना अस्पताल निर्माण भएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । निर्मित अस्पताल १४ शैयाको छ ।

गत चैत २५ गते नगर कार्यपालिकाले अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि निर्माणको काम सुरु भएको नगर प्रमुख केसीले बताए । रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको हो । अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातो पानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एक÷एक वटा बेड राखिएको छ भने एउटा हल कोठामा थप ८ बेड राखिएको केसीले फरककोणलाई जानकारी दिए । अर्कौ एउटा कोठा भने नर्स तथा डाक्टरको प्रयोजनका लागि निर्माण गरिएको केसीले बताए ।

अस्पताल निर्माण गर्नका लागि अपाङ्गता भएका व्यक्तिदेखि, जेष्ट नागरिक समेतले आर्थिक सहयोग गरेका छन् । धेरै स्थानीयले श्रमदान पनि गरेका छन् । स्थानीयले स्वच्छिक दान दिदा १५ लाख रुपैंया सहयोग प्राप्त भएको मेयर केसीले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *