२०७८ बैशाख २५ गते शनिवार

बाग्लुङकी ६५ बर्षीया महिला पनि कोरोनाबाट निको भइन

काठमाडौं, बैशाख ६ । बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी छन् । उनी शनिवार घर फर्किएकी छन् ।शनिवार नै फ्रान्सबाट आएकी १९ वर्र्षीया कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट फर्किएकी थिइन ।

नेपालमा एकैदिन दुई जना कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएका छन् । यसअघि पनि चीनबाट आएका एक युवक कोरोनाबाट निको भएर घर फर्किएका थिए । उनी पहिलो संक्रमित व्यक्ति थिए भने शनिवार निको भएर घर फर्किएकी काठमान्डौंकी युवती दोस्रो संक्रमित व्यक्ति थिइन ।

तीन जना निको भएर घर फर्किएपछि अब २७ जना कोरोना संक्रमित अस्तपालमा रहेका छन् । ६५ बर्षीया महिला गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन ।

उनी चैत २० गते अस्पताल भर्ना भएकी थिइन । उनीसँगै बेल्जियमबाट संगै आएकी आफन्त १९ वर्षीया युवतीपनि कोरोना संक्रमित छन् । उनी हाल अस्पतालमा उपचाररत छिन् ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *