२०७८ बैशाख २५ गते शनिवार

काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका


काठमाडौं, वैशाख १ । लण्डनवाट फर्किएका काठमाडौंका एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा सोमवार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा कोरोना संक्रमणको संभावना देखिएको हो । एकै परिवारका आमा, छोरा र बुहारीलाई त्यसपछि उनीहरुलाई पाटन अस्पतालमा लगेर भर्ना गरिएको छ ।

उनीहरु झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका थिए । उनीहरूमा रयापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको चिकित्सकहरुले बताएका छन् ।

किटले परीक्षण गर्दा नतिजा पोजेटिभ आएपनि पिसिआर विधिबाट पुनः परीक्षण गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *