२०८२ माघ ६ गते मङ्गलवार

तुलसीपुर क्वारेन्टाइनका २१ मध्य ४ जनालाई बेलझुण्डी पठाइयो


तुलसीपुर, चैत २७ । तुलसीपुरमा विदेशबाट आएका शंकास्पद २१ जनालाई क्वारेन्टाईनमा राखेकोमा ४ जनालाई आइसोलेसनमा पठाएको छ । जसमध्ये भारतभन्दा अन्य मुलुकबाट आएका ४ जनाको स्वाब परिक्षणका लागि बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ ।

अन्य १७ जनालाई क्वारेन्टाइनमै राखिएको जनस्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए । उपमहानगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा विभिन्न देशबाट आएका शंकास्पद व्यक्तिहरुलाई राख्ने गरिएको छ ।

क्वारेन्टाइनमा वस्नेहरुले अनिवार्यरुपमा २१ दिनसम्म वस्नुपर्ने केसीले वताए । क्वारेन्टाइनमा वस्नेहरुका लागि उपमहानगरपालिको खाना, खाजा, इन्टरनेट लगायतको विभिन्न सुविधापनि दिएको केसीले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा राखिएका सबैको स्वाब परिक्षण गरेपछि मात्रै घरमा पठाइने गरिएको छ । उपमहानगरपालिले एक सय वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *