२०८१ भाद्र २३ गते आइतवार

तुलसीपुरमा मात्रै १०० बढी सवारी साधन प्रहरी नियन्त्रणमा

तस्बिर : राजेश खत्री

तुलसीपुर, चैत ११ ।इलाका प्रहरी कार्यलय तुलसीपुरले तुलसीपुर क्षेत्रवाट मात्रै ‘लक डाउन’को अवज्ञा गर्दै सवारी चलाउन १०० वढी सवारी सधान नियन्त्रणमा लिएको छ ।‘लक डाउन’को पहिलो दिन तुलसीपुरको अवस्था अनुगमनमा आएका दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले उक्त जानकारी दिएका हुन ।

‘ मलाई प्राप्त सूचना अनुसार दिउँसो १ बजे अगाडि सम्म झन्डै १०० सवारी साधन नियन्त्रणमा लिइएको भन्ने छ,’ प्रजिअ रिजालले भने ‘तुलसीपुर क्षेत्रमा अलि सावधानी अपनाइएको देखिएन।’
प्रजिअ रिजालले तुलसीपुर क्षेत्रमा आफु घुम्दा कतिपय मानिसहरुले अलि वास्ता नगरेको जस्तो महसुश भएको प्रतिक्रिया दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डिएसपी हरिहरनाथ योगीले थुप्रै मानिसलाई संझाई बुझाई छोडिएको भएपनि सवारी साधान भने नियन्त्रणमा लिइएको बताए ।

पक्राउ गरेर थुन्ने ठाउँ समेत नभएको हुँदा लक डाउनको अवज्ञा गर्नेलाइ कोरोना महामारीको बारेमा संझाएर पठाउने गरेको उनले बताए । ‘पक्राउ गरेर राख्न मिल्ने प्रसस्त ठाउँ पनि छैन,’ योगीले भने ‘उनीहरुलाई त्यसरी भिडभाडमा राख्दा झनै संक्रमण होला भन्ने त्रासपनि छ।’

कोरोनाको संभावित जोखिम बाट जोगिन सरकारले विहान ६ बजेदेखि नै ‘लक डाउन’ गरेको भएपनि कतिपयले त्यसवारे जानकारी नपाएको भन्ने खालको प्रतिक्रिया समेत प्रहरीलाई दिने गरेको उनले बताए ।

प्रहरीले जिल्लाको तुलसीपुर, घोराही, लमही, भालुवाङ क्षेत्रबाट दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिएको छ । पक्राउ गरिएका साधन मध्य अधिकाँस मोटरसाईकल, अटो आदी रहेको पनि प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले मध्यान्ह साढे १२ बजेतिर आफु अमेलिया क्षेत्रमा रहेको र राजमार्गमा अति आवश्यक सवारी साधान बाहेक अरु सञ्चानल नभएको बताए ।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले घोराही क्षेत्रमा मात्रै नियन्त्रणमा लिइएका साधनको संख्या दुई दर्जनको हाराहारीमा पुग्न आँटेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *