२०८१ भाद्र २६ गते बुधवार

तुलसीपुर ११ मा कोरोना सचेतना अभियान


तुलसिपुर, फागुन ३०। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा कोरोना भाइरस सम्बन्धि सचेतना अभियान शुरु भएको छ । स्वास्थ्य चौकीको आयोजना, तुलसीपुर ११ नम्बर वडा कार्यालय र प्रहरी चौकी जसपुरको सहकार्यमा सचेतना कार्यक्रम सुरु गरिएको छ ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा कोरोना भाइरसको लक्षण,बच्ने उपायका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगी, स्वास्थ्य चौकिका उपाध्यक्ष तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका प्रमुख नेत्रबहादुर नेपाली, अमर माबिका प्रधानाध्यापक पदमप्रसाद न्यौपाने लगायतले कोरोना भाइरसबाट बच्नका लागि पुर्ण रुपमा पुर्ब तयारी गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकिका एचए खड्ग बस्नेतले गरेका हुन ।

यहाँ कोरोना भाइरस विरुद्ध र्यापिड रेस्पोन्स टिम गठनपनि गरिएको छ । स्वास्थ्य चौकी प्रमुख चित्रबहादुर वलीको सम्योजकत्वमा गठित उक्त टिमको सदस्यमा वडा कार्यालयकी सचिब लक्ष्मी राना, प्रहरी चौकी जसपुरका प्रमुख नेत्रबहादुर नेपाली, न्यून शान्ति बोर्डिङ स्कुल कटाहाका शिक्षक अर्जुन आचार्य र महिला स्वास्थ्य स्वयंसेविका निमा बस्नेत रहेका छन् । वडाका विभिन्न चोकमा कोरोना भाइरस बारे सचेतना ब्यानर राख्ने निर्णय पनि गरेको स्वास्थ्य चौकी प्रमुख वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *