२०८१ असोज ५ गते शनिवार

कोरोना चेकजाँच गर्न कपुरकोटमा हेल्थ डेस्क स्थापना


शंकर केसी,
सल्यान, फागुन ३० ।विश्वलाई नै त्रसित बनाईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न सल्यान कपुरकोटमा स्वास्थ्य सहायकता कक्ष (हेल्थ डेस्क) स्थापना भएको छ । शुक्रबार कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी सहितको टोलि कपुरकोट आएर हेल्थ डेस्क स्थापना गरेको हो ।

कपुरकोट स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर सेनको अध्यक्षतामा कार्यक्रम भएको हो । निर्देशक भण्डारीले हाललाई स्थानीय तहका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरि हेल्थ डेस्क संचालन गरिने बताइन् ।

कपुरकोट स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्रकुमार सेनले शनिबार हेल्थ डेस्कमा ३ जना कर्मचारी खटिने जानकारी दिए । कपुरकोट स्थित प्रहरी चेक पोइन्ट नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ । केहि दिनमै प्रदेशबाट थप जनशक्तिको व्यवस्थापन गरिने निर्देशक भण्डारीले बताइएकी छन् ।

कर्णाली सरकारले गत शुक्रबार शुक्रबार बबई, हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, पश्चिम सुर्खेतको जामुकुहिने र सुर्खेत विमानस्थल गरी पाँच स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।आवश्यकता अनुसार प्रदेशका डोल्पा, मुगु, दैलेख, कालिकोट लागायतका ठाउँबाट प्रदेशका अन्य स्थानमा समेत हेल्थ डेस्क राख्ने गरिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *