२०७८ असार ६ गते आइतवार

म दुश्मनको भूमरी तोडेर आए – कृष्णबहादुर महरा

राजेश खत्री, दाङ, फागुन १३ । सत्तारुढ दल नेकपा नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले आफू दुश्मनको भूमरी तोडेर आउन सफल भएको बताएका छन् ।

काठमाडौ जिल्ला अदालतले सफाई दिएपछि सोमवार पहिलो पटक आफु निर्वाचित जिल्ला दाङ आइ पुगेका महराले दुश्मनले आफूलाई भूमरीमा पठाएको भएपनि आफूले त्यो लडाइँ जितेर आएको बताएका हुन्।

संसद सचिवालयकी एक महिलामाथि बलात्कारको अभियोग खेपेका महराले अदालतवाट सफाई पाएको हप्ता दिनभित्रै आफु निर्वाचित क्षेत्र दाङ आउँदा उक्त कुरा बताएका हुन ।

‘दुश्मनले मलाई तीन महिना भूमरीमा पठाए, मैले त्यो लडाइँ लडेँ र जितेँ,’ महराले भालुवाङमा भनेका थिए , ‘त्यो जित मेरो होइन, तपाईं जनताको हो।’ रोल्पा निवासी महरा गत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । तीनै जनताको माया, सदभाव र सर्मथनका कारण आफूले जित हासिल गरेको महराले दाबी गरे । महराले राष्ट्रिय स्वाधिनताको लडाई लडिरहने प्रणपनि गरे ।

‘म राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका लागि हिजोपनि लडेँ, आज पनि लडिरहेको छु र भोलि पनि लड्नेछु,’ उनले भने। उनले आफूमाथि षड्यन्त्र गर्नेहरु अझैंपनि रहेको भएपनि त्यो सफल नभएको दाबी गरे ।

‘षडेन्त्र गर्नेहरुले अझैंपनि षडेन्त्र गर्न चाहिरहेकै भएपनि तर षडेन्त्र सफल भएन,’ महराले भने ‘ त्यसकारण म तपाँईहरुको माया, ममता, सहयोग समर्थनको संधै कदर गर्दछु।’ पूर्वसभामुख महराले दाङको विकाश र समृद्धिका लागि जिल्लावासीसँगै एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

महराको स्वागतमा उनका समर्थकहरु जिल्लाको सीमाना क्षेत्र धानखोला, भालुवाङ, सिसहनिया, लमही,चौघेरमा र घोराहीको गुम्रा चोकमा उपस्थित भएका थिए । महरालाई उनका शुभेच्छुक तथा नेकपाका कार्यकर्ताले माला तथा अबिर लगाएर स्वागत गरेका थिए।

जिल्ला अदालत काठमाडौंले महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी अभियोगबाट पूर्ण सफाई दिएपछि महरा पहिलोपटक दाङ आएका हुन्।

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *