२०८१ असोज २९ गते मङ्गलवार

सल्यानमा सेनाको ट्रक दुर्घटना,एक जमदारको मृत्यु, मेजरसहित ६ गम्भीर घाइते


दाङ,माघ २९ । सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक (वानटन) दुर्घटना भएको छ । दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता उमाकान्त जोसीले जानकारी दिए ।

दुर्घटनामा परि मेजर ईश्वर सिलवाल,सिपाहीहरु विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्धय जय प्रकाश बोहरा र मोहन थापा सहित ६ जना अवस्था गम्भीर घाइते भएका छन् । गाडीमा ७ जना मात्रै सवार रहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण ट्रक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

सल्यानको सवुजगण बाट बुटवल तर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्वरको ट्रक बुधवार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो । कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि बेलुकी सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमान्डौं लगिएको छ ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *